१ कार्तिक २०८३, आइतबार

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट दिने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ ।

कम्पनीबाट जारी गरिएको तथा नियमितरुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण जेठ ११ देखि ब्यतित भएका जीवन बीमालेखहरु जेठ १२ गतेदेखि असार १५ गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्बमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

साथै, जेठ ११ गतेसम्ममा नबीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण ब्यतित भएका बीमालेखहरुलाई मात्र ब्याज छुट, २०८० जेठ ११ गते भन्दा अगाडि परिपक्व हुने बीमालेखरुमा ब्याज छुट दिनुका साथै एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाइ बीमा अवधीभर पुन ब्याज छुट प्रदान गरिने भएको छ ।