१३ श्रावण २०८३, बुधबार

मेयर दाैरा सुरूवाल र उपमेयर ढाकाकाे साडीमा नेपाल भाषामा लिए सपथ



मेयर शाह तथा उपमेयर डंगोलसहित ३२ वटै वडाका वडा अध्यक्ष र सदस्यले लिए शपथ (भिडिओ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले सोमबार शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आज एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह नेपाली पाृषाक दाैरासुरूवालमा सजिएका थिए भने उपपमेयर सुनिता डंगोल पनि ढाकाकाे साडीमा सजिएकी थिईन ।

साेमबार मेयर, उपमेयर लगायत ३२ वटै वडाको वडा अध्यक्ष तथा सदस्यले शपथ ग्रहण गरेका हुन ।

काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराएका हुन । उपमेयर डंगाल लगायत सम्पूर्ण वडाका वडा अध्यक्ष तथा सदस्यलाई मेयर बालेज शाहले शपथ ग्रहण गराएका थिए ।

सुरूमा नेपालीमै सपथ लिएका मेयर शाहले पछि फेरि नेपाल भाषामा शपथ लिएका हुन् । उपमेयर डंगालले भने नेपाल भाषा मै शपथ ग्रहण गरेकी हुन ।

महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ‘बालेन’ लोकप्रिय मतसहित निर्वाचित भएका हुन । उनले ६१ हजार ७६७ मत ल्याए । त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी युवा उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी हुन् । उनले ६८ हजार ६१२ मत ल्याइन् ।

त्यस्तै, ३२ मध्ये १२ वटा वडामा नेकपा एमाले तथा १९ वटामा नेपाली काँग्रेस र एउटामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

भिडिओ: https://fb.watch/dkasggZE8F/