मर्जर प्रस्ताव पारितका लागि एभरेष्ट इन्स्योरेन्सले असार २ गते बोलायो विशेष साधारण सभा
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । जेठ १५ गते बसेको संचालक समितिको बैठकले असार २ गते बिहान ११ बने अग्रवाल भवन कमलपोखरी काठमाौंमा बस्ने गरी सभा आव्हान गरेको हो ।
कम्पनीले यस कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग मर्जरमा जाने प्रस्तावका लागि बिशेष साधारण सभा बोलाएको हो । गत बैशाख २३ गते मर्जर प्रक्रिया सुरु भएदेखि नै एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ ।
नियमक निकाय बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुको चुक्तापूँजी २ अर्ब ५० करोड पुराउन निर्देशन दिएसँगै यी कम्पनीहरु मर्जरमा जान लागेका हुन ।














