एनसीसी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनसीसी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो संस्गापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको झण्डै २ लाख कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकले सुनिता नेवटियाको नाममा रहेको ५ हजार ८४ कित्ता, अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६२६ कित्ता, बोध प्रसाद त्रिपाठीको नाममा रहेको ५४ हजार कित्ता, श्याम बहादुर महर्जनको नाममा रहेको १५ हजार २५१ कित्ता, ठगेन्द्र लक्ष्मी केसीको नाममा रहेको ७ हजार ६२६ कित्ता र मानङ्क इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको १ लाख ३ हजार ३९ कित्ता गरी कूल १ लाख ९२ हजार ६२६ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बागबजार काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शसेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्