१२ श्रावण २०८३, मंगलबार

नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन नियुक्त



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका् प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जनलाई नियुक्त गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सीईओ नियुक्त गरेको जनाएको हो ।

जेठ १७ गते बसेको संचालन समितिको बैठकले कम्पनीमा रिक्त सीईओ पदमा महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनको जेठ १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि करार सेवा नियुक्त गरेको हो ।