बैशाखसम्म जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन १.१० खर्ब रुपैयाँ, आक्रामक बन्दै यूनियन लाइफ टप ५ मा
काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । बी
मा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको बैशाखसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ४० करोड २१ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । बैशाखसम्म मात्रै जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८६ करोड १९ लाख ७६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
चालु आर्थिक बर्षको बैशाख महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २८ अर्ब ३५ करोड ८० लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले १३ अर्ब ५२ करोड ५५ लाख ५२ हजार रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब ९८ करोड ४३ लाख ४१ हजार रुपैयाँ, चौंथोमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २४ करोड १३ लाख ४० हजार रुपैयाँ, पाँचौमा यूनियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ५२ करोड ५७ लाख ५८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
साथै, क्रमशः एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ५३ करोड ३९ लाख ५१ हजार रुपैयाँ, मेट लाइफले ४ अर्ब ३७ करोड ४३ लाख १६ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब २६ करोड ३१ लाख १२ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सले ४ अर्ब १४ करोड ९० लाख ८८ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सले ३ अर्ब ९२ करोड ९० लाख १६ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब २६ करोड ४४ लाख ९ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब २१ करोड ४३ लाख ७८ हजार रुपैयाँ, ज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ८८ करोड ७१ लाख ४१ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ५६ करोड ७५ लाख ५ हजार रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सले २ अर्ब ५३ करोड ८७ लाख ८ हजार रुपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ३९ करोड ६३ लाख ८३ हजार रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्सले १ अर्ब ८८ करोड ४७ लाख ७१ हजार रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सले १ अर्ब ५७ करोड ७९ लाख ९८ हजार रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब १८ करोड ५३ लाख ४३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।













