१४ श्रावण २०८३, बिहिबार

अनेरास्ववियुद्धारा वातावरण दिवसको अवसरमा वृक्षारोपण



काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । अनेरास्ववियुले आज विश्व वातावरण दिवसको अवसर पारि काठमाडौंमा विभिन्न क्याम्पस परिसरमा वृक्षारोपण गरेको हो ।

अनेरास्ववियु अध्यक्ष सुनिता बराल र महासचिव समिक बढालको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र बवरमहल माइतिघरमा वृक्षारोपण गरेको हो । अनेरास्ववियुको केन्द्रिय कमिटिले त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयको कमिटिले माइतिघर र बबरमहलमा वृक्षारोपण गरेको थियो ।