असार १ गतेदेखि शनिवार मात्रै विदा
काठमाडौं । सातामा २ दिन विदा दिने सरकारको निर्णय आफैले फिर्ता लिएको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर एक महिना पनि नबित्दै उक्त निर्णय फिर्ता लिन सरकार निरिह बनेको हो ।
सरकारले यसअघि सातामा शनिवार मात्रै विदा दिँदै आएकोमा जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक विदा दिँदै आएको थियो । तर सोमबार बसकेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय फिर्ता लिने निर्णय गरेको हो ।
सरकारले एक महिना मात्रै २ दिन विदा दिएर रमिता गरिरहेको आरोप सर्वसाधारणले लगाएका छन् । गठबन्धन सरकारले सफल हुने निर्णय गर्न नसकेको गुनासो जनताहरुले गरेका छन् । यसअघि पनि सातामा २ दिन विदा दिने निर्णय गरेको सरकारले आलोचना खेप्नु परेको हो ।
सातामा २ दिन विदा दिँदा सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ गतेदेखि आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
अब असार १ गतेदेखि शनिबार मात्रै सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार २ दिन सार्वजनिक विदा दिँदै आएको थियो ।















