१२ श्रावण २०८३, मंगलबार

युनाइटेड इन्स्योरेन्समा ६ जना संचालक निर्विरोध निर्वाचित



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक समिति गठन गरेको छ । इन्स्योरेन्सको जेठ २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले ६ जना संचालक निर्वाचित गरेको हो ।

इन्स्योरेन्सको संस्थापक शेयरधनीहरुको बाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना संचालक गरी ६ जना निर्वाचित गरेको हो ।

संस्थापक शेयरधनीहरुको तर्फबाट रवि भक्त श्रेष्ठ, राज रिमाल, दिपक ओली, प्रियंका श्रेष्ठ र सर्वसाधारण शेयरधनीको तर्फबाट विलसन मान रंजित, रबिन्द्र राज पन्त निर्विरोध निर्वाचित भएको हुन ।