२ कार्तिक २०८३, सोमबार

शेयर बजारका समस्या समाधान गर्न अर्थमन्त्रीले गठन गरे ४ सदस्यीय समिति



काठमाडौं । शेयर बजारमा देखिएका समस्या समाधान गर्न ४ सदस्यीय समिति गठन गरिएको छ । धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी दिए ।

बुधबार विहान भएको छलफलमा सुझाव समिति गठन गर्ने निर्णय भएको अर्थमन्त्री शर्माले बताए । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समितिमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहने छन् भने सदस्य सचिव बोर्डकै एकजना रहनेछन् ।