भ्रामक समाचारले परिवारलाई समेत आघात पुयार्एएको छः कार्यकारी निर्देशक विकल पौडेल
काठमाडौं । विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका कपोकल्पित समाचारबारे गम्भीर ध्यानाकर्ष भएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताएका छन् । बुधबार स्पष्टीकरण दिँदै पौडलले आफ्नो बारेमा विभिन्न सञ्चार माध्यमहरुमा कपोल्कल्पित र भ्रामक सूचना तथा समाचार सम्प्रेषण गरेकोप्रति ध्यानाकार्षण भएको बताएका छन् ।
उनले भने, ‘सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा पछिल्लो समय मेरो नामसमेत जोडिएर आएका विषयहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा अनियमितता भएको र त्यसमा मेरो समेत सलग्नता रहेको जस्ता कपोल्कल्पित र भ्रामक सूचना तथा समाचारका कारण त्यसको स्पष्टीकरण दिन आवश्यक ठानेको छु । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने नीति, योजना र निर्णय नेपाल सरकारको हो ।’
सरकारले आवश्यकता अध्ययन र प्राविधिक पक्षको तयारी अघि बढाएकोले इम्बोस्ड नम्बर प्लेटको डिजाइन र त्यसको प्राविधिक पक्षका सम्बन्धमा राय सुझावसहितको प्रतिवेदन तयार गर्ने कार्यमा सरकारले आफूलाई जिम्मेवारी दिएको उनले बताए । तत्कालीन समयमा रास्ट्रिय सूचना प्रविधि केन्द्रमा उप–निर्देशक (आईटी) को जिम्मेवारीमा रहेका बेला सरकारकै निर्देशन अनुसार यातायात व्यवस्था विभागमा गएर इम्बोस्ड नम्बर प्लेटको डिजाइन तथा तयारीको क्रममा आईटीको प्राविधिक तर्फको काम अघि बढाएको उनको भनाई छ ।
‘त्यसमा प्लेट तर्फको पाटो विभागकै मेकानिकल इन्जिनियरले गर्नु भएको हो । मसहितको समुहले लामो अध्ययन र अनुसन्धान पश्चात् सरकारको नीति अनुसार नै इम्बोस्ड नम्बर प्लेटको डिजाइन र स्पेसिफिकेसन तयार गरेका थियौं । त्यसपश्चात विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा आवेदन दिएका चार कम्पनीमध्ये तीन ओटा कम्पनीमात्र प्राविधिक रुपमा योग्य भएका थिए ।’ उनले भने, ‘योग्य तीन कम्पनीमध्ये सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा न्यून कबोल गर्ने कम्पनी परियोजनाका लागि छनोटमा परेको थियो र त्यसैसँग ठेक्का सम्झौता भएको हो । योग्य कम्पनीहरुको प्राविधिक मुल्यांकनको काम सम्पन्न भएपछि म आफ्नो पुरानै जिम्मेवारीमा फर्किएको थिए । त्यसपछि इम्बोस्ड नम्बर प्लेटको मूल्य तय गर्नेदेखि त्यसको कार्यान्वयनको सम्पूर्ण प्रक्रिया यातायात व्यवस्था विभागले नै अघि बढाएको थियो ।’
निस्वार्थ भावले आफ्नो जिम्मेवारी पूरा गर्दा पनि व्यक्तिगत रुपमा आफू सलग्न हुँदै नभएका काममा समेत नाम जोडिदा अत्यन्त दुखित भएको उनले बताए । प्रक्रियामा संलग्नता बारे एकपटक पनि आफ
लाई सम्पर्क नगरी एकोहोरो समाचार प्रकाशन र प्रसारण गर्दा विक्षिप्त भएको उनले गुनासो गरे । कुनै पनि भूमिकामा नरहेको र संलग्न नभएको स्याटेलाइट परियोजना, सेक्युरिटी प्रेस खरिद सम्बन्धी बिषयमा सार्वजनिक भएको अडियो, नेपाल दूरसञ्चार प्राधिकरणले सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गर्नमा समेत मेरो भूमिका रहेको भनी भ्रामक समाचारहरु सार्वजनिक भएको उनले सुनाए । तर, यी कुनै पनि परियोजनामा मेरो कुनै संलग्नता नभएको प्रष्ट पारेका छन् ।
नेपाल सरकारले कुनै जिम्मेवारी नदिएको र कार्यक्षेत्र नै नभएको बिषयमा समेत मेरो नाम जोडेर समाचार प्रकाशित हुँदा परिवारलाई समेत आघात पुगेको उनले गुनासो गरेका छन् ।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) र इम्बोस्ड नम्बर प्लेट जस्ता जिम्मेवारी प्राप्त काममा मैले कानुनभन्दा बाहिर रहेर गरेको भए सजाय भोग्न तयार रहेको उनले बताए । तर हुँदै नभएको विषयमा समेत मेरो नाम जोडेर बदनामी हुनुले मेरो प्रतिष्ठामा ठूलो आँच र्पुयाएको उनले बताए ।












