१२ श्रावण २०८३, मंगलबार

बीमा ब्यवसाय सरल बनाउन अजोड इन्स्योरन्सले बटेश्वर गाउँपालिका धनुषासँग सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बीमाको क्षेत्रलाई सहर देखि ग्रामिण क्षेत्रसम्म बिस्तार गर्नेका लागि विभिन्न कदमहरु चाल्दै आइरहेको छ । सो क्रममा इन्स्योरेन्सले बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषामा बीमा ब्यवसाय बिस्तार गर्ने समझदारी गरेको छ ।

उक्त सम्झौतापत्रमा अजोड ईन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका हुन ।

नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकाय संग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पु¥्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी सम्झौता गरेको कम्पनीले जनाएको छ ।