यूनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको अध्यक्षमा रवि भक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
उनी २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष पदका लागी रवि भक्त श्रेष्ठ चयन भएका थिए । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम बीमा समितिका अध्यक्ष सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।
सो पश्चात कम्पनीको केन्द्रिय कार्यालयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ गरेका छन् ।













