रसुवा समन्वय प्रमुखमा एमालेका घिमिरे निर्वाचित, प्रमुख उपप्रमुख सहित एमालेकाे ५ कांग्रेसकाे ४ जना निर्वाचित
काठमाडाैं । रसुवा जिल्ला समन्वय प्रमुखमा नेकपा एमालेका अशाेककुमार घिमिरे निर्वाचित भएका छन् । समन्वय समितिमा एमाले र ईतरकाे गठबन्धन बनेकाे थियाे ।
शनिवार भएकाे निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारले बराबर मत ल्याएपछि भएकाे गाेला तान्दा प्रमुख उपप्रमुखसहित एमालेले ५ सदस्य तथा कांग्रेसले ४ सदस्य जितेकाे छ ।
घिमिरे उत्तरगया गाउँपालिकाबाट वडासदस्य निर्वाचित भएका थिए । एमाले केन्द्री सल्लाहाकार कमिटी सदस्य रहेका घिमिरे रसुवाकाे समन्वय प्रमुख बनेका छन् । रसुवामा एमाले र कांग्रेसले समन्वयकाे लागी बराबर ५/५ मत रहेकाे थियाे ।
उपप्रमुखमा एमालेकै विजय तामाङले बाजी मारेका छन् । नाै सदस्यीय समन्वय समितिमा एमालेले ५ सिट जित निकालेकाे छ । खुवाप्रसाद पाैडेल, कामिछिरिङ तामाङ, वेसिरानी तामाङ विजयी भएका छन् ।
त्यसैगरी नेेेेपाली कांग्रेसबाट सविता गुरूङ, पार्वती विक, खिलबहादुर न्याैपाने, कार्पाेक लामासहित ४ सदस्य निर्वाचित भएका रसुवा एमाले जिल्ला कमिटी सदस्य शुरेस अधिकारीले बताए ।













