१२ श्रावण २०८३, मंगलबार

नेपाल इन्स्योरेन्सको ११.५७ प्रतिशत लाभांश आज पारित हुँदै



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको छ । इन्स्योरेन्स कम्पनीको ७३औँ वार्षिक साधारण सभा आज (जेठ ३० गते, सोमबार) नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा शुरु हुने भएको छ ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कूल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरर्ने भएको छ ।

त्यस्तै, कम्पनीको सभाले अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी २.६ अर्ब पुर्याउने, २ जना सर्वसाधारण र २ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने, बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गर्नेछ ।

इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।