१२ श्रावण २०८३, मंगलबार

४.४२ प्रतिशत लाभांश पारित गर्न सानिमा लाइफको साधारण सभा आह्वान



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजे बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद गरी कूल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । त्यस्तै सभाले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।