नेपाल इन्स्योरेन्स ७३औं साधारण सभा सम्पन्न, ११.५७ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमो सोमवार नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, भृकुटिमण्डप काठमाडौंमा सम्पन्न भएको छ ।
इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कूल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्वामित्वमा तत्कालिन (राणा कालिन) कानुन बमोजिम बि.स. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडको नाममा स्थापना भई उद्योग परिषदबाट समेत बि.स. २००६ सालमा इजाजत प्राप्त यो कम्पनी बि.स.२०१६ सालमा नाम परिवर्तन भई नेपाल ईन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड र बि.स. २०४८ सालमा नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा परिणत भई, बिगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो कम्पनीको रुपमा बीमाका नविनतम सेवाहरु सहित बीमितहरुको सेवा र सन्तुष्टिलाई ध्यान दिई बीमा व्यावसाय प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दै आएको छ ।
कम्पनीको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिका वडा नं २८ कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण गर्न लागिएको कम्पनीको नयाँ कर्पोरट भवनको लागि परामर्श फर्म छनौट हुनुका साथै जेठ ०६ गते शुक्रवार विहानको ९ः०० वजेको बीमा समितिका अध्यक्ष श्री सुर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माबाट संयुक्त रुपमा शिलान्यास गरेको थियो । साथै कम्पनीको काठमाण्डौं महानगरपालिका न्यूरोड र पर्सा स्थित बिरगन्जमा आप्mनै भवनमा कार्यालय संचालनमा रहेकोमा, बिराटनगर तथा नारायणगढमा रहेका जग्गामा समेत आप्mनै भवन बनाउने कम्पनीको योजना रहेको छ ।
कम्पनीले आप्mनो व्यवसाय विस्तार गर्न तथा देशका ग्रामिणस्तरसम्म बीमाको पहुँच पु¥याउन प्रधान कार्यालय सहित देशका विभिन्न क्षेत्रहरुमा ५९ वटा शाखा कार्यालयहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको थप शाखा संजाललाई बिस्तार गरि देशको ग्रामिण स्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु¥याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढि रहेको छ ।













