मर्जर गर्ने प्रस्ताव हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणबाट पारित
काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । आषाढ २ गते सम्पन्न दुवै इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
दुवै कम्पनीको विशेष साधारण सभाले पारित गरेको प्रस्ताव बीमा समितिबाट स्विकृत भएपश्चात “हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनी लिमिटेड” को नामबाट एकीकृत कारोबार हुनेछ ।
नेपालको बीमा सम्बन्धी नियमकारी निकाय बीमा समितिबाट बीमा कम्पनीहरुको पूँजी बृद्धि सम्बन्धी निर्देशन बमोजिम मर्जर प्रक्रियालाई नेपालको बीमा क्षेत्र कै पहिलो मर्जरको रुपमा लिईएको छ ।
मर्जरले कम्पनीको पूँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुने विशवास लिएको छ । नेपालको बीमा क्षेत्रको विश्वशनियतामा अभिवृद्धि भई समग्र बीमा क्षेत्र नै सुद्धढ हुने विश्वाश कम्पनीले लिइएको छ ।













