१ कार्तिक २०८३, आइतबार

बीमितलाई दाबी भुक्तानी लिन आउन एलआईसि नेपालको आग्रह



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो ।

बीमा गरी बीमालेख परिपक्व भइसकेका तथा धनफिर्ता योजनामा तोकिएको अवधि पुरा भइसकेर पनि उक्त बीमालेखहरुमा परिपक्प दाबी एवं जीवित लाभ दाबी भुक्तानी लिन लामो समय सम्पर्कमा नभएका बीमितलाई दाबी भुक्तानी लिन अनुरोध गरको हो । दाबी भुक्तानी लिन बाँकी बीमितले इन्स्योरेन्सको शाखा कार्यालय तथा प्रधान कार्यालयमा सम्पर्क राख्न इन्स्योरेन्सले भनेको छ ।

साथै, इन्स्योरेन्सको सबै किसिमको भुक्तानीहरु विद्युतिय माध्यमबाट हुनेछ ।