१२ श्रावण २०८३, मंगलबार

एशियन लाइफ इन्स्योरेन्सको १२ हजार ५ सय कित्ता शेयर बिक्रीमा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक समूह तर्फको १२ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

इन्स्योरेन्सका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार ५ गते) ले ३५ दिन भित्र इन्स्योरेन्सको केन्द्रिय कार्यालय मैतिदेवी काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।