सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौं । सशस्त्र प्रहरीका ३७ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) एसपी ( प्रहरी उपरीक्षक) मा बढुवाको लागि सिफारिस भएका छन् । सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकले ३७ जना डीएसपीलाई एसपीमा बढुवाको लागि गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो ।
सिफारिस समितिले बढुवा सिफारिस गरेका डीएसपीहरुमा उद्धव बहादुर रावल, शिवप्रसाद गैरे, माधव रेग्मी, सुमन जंग थापा क्षेत्री, अनिल कार्की, किशन कर्माचार्य, सुनिलप्रसाद पराजुली, सुरेन्द्रराज रंजित, रोशन बुढाथोकी, अशोककुमार शाक्य, रवि केसी, दिनेशकुमार महत, रामहरी अधिकारी, कमलचन्द्र गैरे, धनबहादुर बानियाँ, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, रमेशविक्रम शाही, हर्कबहादुर शाही, अशोककुमार लम्साल रहेका छन् ।
त्यस्तै, केशकुमार तुम्बाहाम्फे, डम्बरबहादुर विष्ट, दलबहादुर पाण्डे, कविन्द्र राई, प्रमोदकुमार भारती, सुनिल कुमार शाही, चेतराज जोशी, सन्तोष विक्रम साह र पुरन चन्द्र भट्ट पनि एसपीमा बढुवाको लागि सिफारिस भएका हुन् ।














