४ अर्ब ३४ करोड माथिको कारोबार हुदाँ यी कम्पनीको भयो सर्वाधिक
काठमाडौं । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन छलाङ आएको शेयर बजारमा आज भने ओरालो लागेको हो । कारोबार आज वृद्धि हुदाँ शेयर बजारमा लगानीकर्तालाई लगानीको बातावरण बनेको आंकलन गरीएको छ । नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधारका लागि आन्दोलन गरीरहेका लगानीकर्ताका १९ बँदुे माग पुरा गर्ने प्रतिवद्दतासँगै कारोबार भने सुधार हुदैं आएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने शेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजारमा आज कारोबार समेत उचालिदा सिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टलरीको १६ करोड ९० लाख ५१ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख ६७ हजार रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ११ करोड ६७ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।














