अर्थमन्त्री शर्मामाथि छानबिन गर्ने ६ सदस्यीय समिति बन्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ ।
एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन स्रोतले जनाएको छ । तर अन्तिम टुंगो भने लाग्न बाँकी रहेको जनाइएको छ ।
प्रतिपक्ष नेकपा एमालेलगायतले बजेट आउने अघिल्लो रात अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज मागेका थिए । तर, सो फुटेज डिलिट भएको मन्त्रालयको जवाफसँगै अहिले विरोध चर्किएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।













