आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुन: युगेशभक्त बादे श्रेष्ठ नियुक्त
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठले नियुक्त गरेको छ । उनलाई बीमा समितिले पुन सीईओमा निरन्तरता दिन स्वीकृति दिएको हो ।
बीमा समितिले असार २२ गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको हो । अब उनको कार्यकाल ४ वर्षका लागि हुनेछ ।
श्रेष्ठले २०७५ साउन २३ गतेदेखि नै कम्पनीको सीईओको कार्यभार सम्हाल्दै आएका छन् । यसअघि श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए। विगत २३ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा उनी कार्यरत रहँदै आएका छन्।













