साताको पाँचौ दिन यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए
काठमाडौं । साताको पाँचौ दिन शेयर बजार ओरालो लागेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६० अकंले घटेर २०२७.३२ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच भएको छ । शेयर बजार सामान्य अकंले घटे पनि कारोबार भने १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँमा खुम्चिएको छ ।
नेप्से घट्दा आरबिबि म्युचुअल फण्ड १ ले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ३.९३ प्रतिशतले घटेको हो । साथै, माउन्टेन हाइड्रो नेपालको ३.२४ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ को ३.०३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको २.६७ प्रतिशत र बिओके डिबेञ्चरको २.५९ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वांधिक गुमाउने कम्पनीमा समीट लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ५.२० प्रतिशतले घटेको हो । साथै, लिबेट्री इर्नर्जीको ५ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३.९७ प्रतिशत, गुराँस लघुवित्तको ३.८४ प्रतिशत र यूनाइटेड इन्स्योरेन्सको ३.६४ प्रतिशतले शेयर घटेको हो ।














