नेप्से ७७ अकंले ओरालो लाग्दा यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्से ७७ अकंले ओरालो लाग्दा यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको पहिलो शेयर कारोबारको दिने नेप्से राताम्य भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.०१ अकंले घटेर १९१५.६१ बिन्दुमा बन्द भएको छ

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा भारी गिरावट आउदा समेत कारोबार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ भएको छ ।

सोमबार नेप्सेमा सूचीकृत २२७ कम्पनीको शेयर बजार हुदाँ ५ कम्पनीको शेयर मात्र बढेको छ । आज सानिमा डिबेञ्चर २०८५ को २ प्रतिशत, बिओके डिबेञ्चरको १.९६ प्रतिशत, गुडवइल फाइनान्स डिबेञ्चरको १.९५ प्रतिशत, मेगा म्युचुअल फण्ड १ को ०.५२ प्रतिशत, सोल्टी होटलको ०.५१ प्रतिशत र सानिमा डिबेञ्चरको ०.११ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । सोमबार ग्रामिण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, किसान लघुवित्तको ९.१५ प्रतिशत, ग्लोबल आईएमई समुन्नतीको ९.१४ प्रतिशत, हिमालयन पावर पाट्नरको ९.०९ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ९.०३ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्