१६ श्रावण २०८३, शनिबार

टाइट मौद्रिक निती ल्याउने तयारीमा राष्ट्र बैंक, प्रधानमन्त्रीलाई व्रिफिङ गर्न बाँकी



काठमाडौं । विग्रदो अर्थतन्त्रलाई सुर्धार्नेगरी नेपाल राष्ट्र बैंकले आगमी आर्थिक वर्षको मौद्रिक निती तयार भएको छ । अर्थतन्त्रको विग्रदो अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले अहिलेको अवस्थालाई समिक्षा गरेर मौद्रिक निती ल्याउन लागेको हो ।

राष्ट्र बैंकले तयार पारेको मौद्रिक नितीमा अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर्न बाँकी रहेकाले आज आउने भनेको मौद्रिक निती केही समय धकेलिएको छ । लामो समयदेखी अर्थमन्त्रालय र राष्ट्र बैंकविच संबन्ध चिसिँदा देशको अर्थतन्त्र विग्रदो गतिमा छ ।

राष्ट्र बैंकले सरकारले अर्थतन्त्र खस्कदै गएको अवस्थामा मौद्रिक नितीमा टाइट गरेर जाने निती लिएको बुझिएको छ । अहिलेको अवस्थामा नेपाललाई श्रीलंका हुन नदिन राष्ट्र सजग रहेको राष्ट्र बैंक स्रोतले बतायो । अहिले राष्ट्र बैंकको मुख्य ध्यय विदेशी मुद्राको संचिती रहेको छ ।

रेमिट्यान्स बढाउने र आयात कम गरेर विदेशी मुद्राको संचिती अहिलेकै अवस्थामा कायम राख्नेगरी मौद्रिक निती आउन लागेको हो । हिजो असार १ गतेदेखी विलासीका बस्तुमा आयात रोकेसंगै मौद्रिक नितीपनि सोही नितीमा टेकेर आउने भएको छ ।

यसअघि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीविच विवाद बढ्दा कतिपय नितीगत निर्णयमा कन्फ्युजन आएको थियो । गभर्नर अधिकारीलाई मन्त्री शर्माले आफ्नो स्वार्थ पुरा नभएपछि बर्खास्त गरेका थिए । विवादमा आएका अर्थमन्त्रीले व्यापारीपिच्छे स्वार्थ राखेर बजेट ल्याएपछि प्रतिपक्ष एमालेले संसदमा अर्थमन्त्रीबारे छानविनको लागी माग गरेको थियो । त्यसैअनुरुप संसदिय छानविन समिति बनेसंगै एक साताअघि मन्त्री शर्माले पदबाट राजिनामा गरेका थिए ।