बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८९ अकंले बढेर २०५०.५९ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच भएको छ । शेयर बजारमा सुधार देखिएको भएपनि कारोबार १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँमा सिमित भएको छ ।
शेयर बजारमा सुधार देखिएको आज मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ५.६९ प्रतिशतले बढेको हो । साथे, कर्णाली डेभलपमेन्ट बैंकको ४.३५ प्रतिशत, शिवम् सिमेन्टको ३.८७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.७८ प्रतिशत र गोर्खास फाइनान्सको ३.४७ प्रतिशतले बढेको छ ।

त्यस्तै, बुधबार लक्ष्मी इक्वाटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । फण्डको शेयर ६.३३ प्रतिशतले ओरोलो लागेको हो । साथै, इमर्जिङ नेपालको ४.३१ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चरको ३.९४ प्रतिशत र बिओके डिबेञ्चरको ३.७७ प्रतिशतले शेयर घटेको हो ।














