राधी बिद्युत कम्पनीले बोलायो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राधी बिद्युत कम्पनीले बोलायो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश



काठमाडौं । राधी बिद्युत कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा बोलाएको छ । कम्पनीको वार्षिक सभा साउन–३० गते कम्पनीको कार्यालय त्रिपुरेश्वर मा हुने भएको छ । साधारणसभा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीको सञ्चालक समिती बैठक निर्णय गरेको हो ।

३० साउनमा हुने उक्त सभामा अध्यक्षको आर्थिक वर्ष (आव)२०७७/७८ को प्रतिवेदन छलफल गरी पारित गर्ने,लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचिहरु पारित गर्ने, आव २०७८.७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने जनाइएको छ ।

यस्तै, कम्पनीले साधारण सभा प्रयोजनको लागि साउन–२० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । सोहि अनुसार साउन–१९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्