एनएमबि क्यापिटलको अर्को म्युचुअल फन्ड आउँदै, सुलभ इन्भेस्टमेन्ट फन्ड २ को निष्कासन साउन २६ गतेदेखि
काठमाडौं । एनएमबि क्यापिटलले यही साउन २६ गतेदेखि अर्को म्युचुअल फन्ड ल्याउने भएको छ । प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई फन्ड ‘एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२’ निष्कासनको तयारी गरेको हो । यो बन्द मुखी योजना हो ।
निष्कासन हुने इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ८६ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबि बैङ्क तथा १ प्रतिशत इकाई अर्थात् १२ लाख कित्ता एनएमबि क्यापिटलले विक्री गर्नेछ । सो मध्ये १० करोड २० लाख इकाईकामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । निष्कासित योजनामा छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म समय हुनेछ ।
एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले ५ वर्षमा ८७ प्रतिशत लाभांश दिन सफल भएको छ । क्यापिटलले फेरी दोस्रो बन्द मुखी योजना ल्याएको हो । यो फन्डको अवधि १० वर्षको हुनेछ ।
















