१६ श्रावण २०८३, शनिबार

उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा



काठमाडौं । विगत डेढ दशकदेखी अनवरत रूपले सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने भएको छ । यसै क्रममा आफ्नो १७८औं, १७९औं तथा १८० औं शाखा भक्तपुरको सूर्यविनायक,काठमाडौंको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । यससंगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृतश्री गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माभ mवित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

आफ्ना ग्राहकमहानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्र्दे आएको यस बैंकले आर्थिक बर्ष २०७/र७९ कोचौथो त्रैमासिक सम्ममा रु २ अर्व २५ करोड खुद नाफ गर्न सफल भएको छ । यसै अवधिमा रु १ खर्ब ५५ अर्ब निक्षेप संकलन गरि रु १ खर्ब ३६ अर्ब कर्जा प्रबाह गरेको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियमकनिकायले तोकेको सीमाभित्रै कायम गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।