१७ श्रावण २०८३, आइतबार

प्रभु र सेञ्चुरी बैंक मर्जरमा जाने सम्झौता, स्वाप रेस्यो डिडिएबाट तय हुने, नाम प्रभु बैंक नै रहने



काठमाडौं । अन्तत लामो छलफलपछि प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकविच मर्जरमा जाने सहमती भएको छ । आइतबार साँझ राजधानीको एक होटलमा मर्जरसंबन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको होे ।

गत चौत्रदेखी मर्जरमा जान निरन्तर छलफलमा हरेका प्रभु बैंक र सेञ्चुरी बैंकविच मर्जरले सार्थकता पाएको हो । ‘हामी मर्जर गर्ने निर्णयमा पुगेका हौं’ प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले अर्थपथसंग भने । सिटौलाका अनुसार बैंकको नाम प्रभुनै रहने समझ्दारी भएको छ ।

अहिलेलाई १ः१ मै मर्जरमा जाने सहमती भएपनि वास्तविक डिडिएपछिनै स्वाप रेस्यो तय हुने अध्यक्ष सिटौलाले बताए । मर्जरमा जान प्रभु बैंकको तर्फबाट मर्जर कमिटि संयोजक रमेशसिंह खड्का र सेञ्चुरी बैंकको मनबहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने संचाललक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन् । प्रभु बैंकले सेञ्चुरी बैंकलाई अक्वायर गर्ने भएको हो ।

प्रभु र सेञ्चुरी बैंकविच गत असारमसान्तभित्रै एमओयूको तयारी गरेको भएपनि केही प्राविधिक कुरा टुङ्गीन बाँकी रहेकाले केही दिन ढिलाई भएको हो । मर्जरपछि बैंकको नाम प्रभु नै रहेने सहमती भएको छ ।

अहिले प्रभु बैंकको चुत्तापुँजी १२ अर्व ७० करोड रहेको छ भने सेञ्चुरी बैंकको ९ अर्व ५५ करोड रहेको छ । स्वप रेस्यो १ः१ मा भएको खण्डमा २२ अर्वभन्दा बढी चुक्तापुँजी पुग्नेछ ।

प्रभु बैंकले गत आवमा २ अर्व ६० करोड खुद मुनाफा आर्जन गरेको छ भने सेञ्चुरी बैंकले गत आवको वित्तिय विवरण प्रकाशित गरेको छैन । मर्जरपछि बन्ने बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन रहनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने रहनेछन् ।

तास्विर ः सौजन्य अर्थपथडटकम