१७ श्रावण २०८३, आइतबार

सनराइज बैंकले सुरु गर्यो नेपाल पे क्यु आर को सेवा



काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ भन्ने मुलमन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सन्राइज बैंकले  National Payment Switch अन्तर्गत NEPALPAY QR लाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ । हिजो बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रम बिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लि.का प्रमुख कार्यकारी अधिकृत निलेस मान सिं प्रधानले सयुक्त रुपमा यो सेवाको शुभारम्भ गरे । सन्राइज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी NEPALPAY QR हरुमा सजिलै झुक्तानिगर्न सक्नेछन् । साथै, सन्राइज बैंक मार्फत QR क्तानी सेवा लिएका वालिन चाहने ब्यावसायीहरुले  NEPALPAY QR standee प्राप्त गर्न पनि सक्नेछन् ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क ( – POSतथाQR_), १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमापनि अग्रणी रहेको छ ।