१७ श्रावण २०८३, आइतबार

हिमालयन र बिओकेले १० वर्ष मुद्धा लडेर ल्यायो मेलम्चीको काउन्टर ग्यारेन्टीको डेढ अर्व



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी बसेबापतको पैसा नेपाली २ बैंकले बैंकले १० वर्षदेखी लगातार मुद्धा लडेर बल्ल हात पार्ने भएको छ । हामीले मुद्धा जित्यो यो हाम्रो मात्रै नभई नेपालीकै जित भएको बैंक अफ काठमाडूका सीईओ श्रवणलाल मास्केले बताए ।

१० वर्षपछि दुई बैंकको फसेको पैसा आउन लागेको हो । दुई बैंकले मेचम्ची खानेकानी आयोजनाको चाइनिज डेकेदारको लागी जमानत बसेका थिए । यी दुई बैंकको डेढ अर्व रुपैयाँ चिनियाँ ठेकेदारको बेइमानीका कारण उठ्न सकेको थिएन ।

२०७७ कात्तिकमै चिनिया अदातलमा फैसल्ला हुन लागेका सो मुद्धा गत शुक्रबार टुङ्गिएको हो । दुई बैंकले आफ्नो प्रमाण पेश गरेका थिए । अव चाडैनै रकम दावी गर्ने बैंक अफ काठमाडूका सीइृओ मास्केले बताए ।

मेलम्ची खानेपानी आयोजना बनाउने ठेक्का पाएको चाइनिज कन्ट्याक्टरले काम विचैमा छाडेर हिँडेपछी ग्यारेन्टी बसेका बैंकहरुको रकम फसेको थियो । बैंक अफ काठमाण्डूले करिब ९० करोड नेपाली ( ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो) रकम फिर्ता पाउने भएको छ । हिमालयन बैंकले ६६ करोड रुपैयाँ फिर्ता पाउने छ ।