१२ करोडको ‘एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड २’ को निष्कासन आजदेखि
काठमाडौं । एनएमबि क्यापिटलले आज देखि ‘एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड २’ म्युचुअल फन्ड निष्कासन गरेको छ । क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई फन्ड निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ८६ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबि बैङ्क लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात् १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्टाइएको छ । १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
१० वर्षे अवधि रहेको एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ बन्द मुखी योजना हो । साउन ३१ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । फन्ड सो अवधिमा पुरा विक्री नभएमा भदौ ९ गतेसम्म म्यान रहनेछ ।
फन्डको आवेदन आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ । क्यापिटलले १ वर्ष अघि मात्रै एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड १ निष्कासन गरेको थियो ।
















