मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ गज्जब मुद्दती’योजना सञ्चालनमा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बर सम्म प्रतिफल दिने “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा ल्याएको छ ।
यो योजना अन्तर्गत व्यतिmगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यत्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ । त्यस्तै व्यत्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यत्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ । साथै, थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ । यो योजना बाट ग्राहकहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको ATM Machine मा आवद्ध अन्य जुन सुकै बैंकको VISA Network बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।













