९ श्रावण २०८३, शनिबार

आईपिओ निष्काशनको लागि १९ कम्पनी पाइपलाईनमा



काठमाडौं । प्राथमिक शेयर निष्काशनका लागि १९ वटा कम्पनीहरु पाईपलाईन रहेका छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार १० वटा जलविद्युत कम्पनी, एउटा इन्भेष्टमेण्ट कम्पनी, तीन वटा उत्पादन कम्पनी, एउटा होटल, एउटा इन्स्योरेन्स कम्पनी र दुई वटा अन्य कम्पनी रहेका छन् ।

ती कम्पनीहरुले सात अर्ब ५० करोड रुपैयाँ बराबरको चार करोड ६४ लाख ९७ हजार १४६ कित्ता शेयर निष्काशन गर्नेछन् । बोर्डमा आईपिओ निष्काशनका लागि पुगेको कम्पनीमध्ये चार वटा कम्पनीलाई रिभ्यूको लागि पठाएको छ । ६ वटा अण्डर रिभ्यूमा छन् ।

बोर्डको तथ्यांक अनुसार रिलायवल लाईफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले एक अर्ब ७२ हजार रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २०८७ साल असार १२ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले शेयर निष्काशन व्यवस्थापनको लागि सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । त्यस्तै, सिटी होटलले पनि आईपिओ निष्काशनका लागि अनुमति मागेको छ । होटलले गत चैतको ३० गते बोर्डमा निवेदन दिएको हो । होटलले १६ करोड ६७ लाख रुपैयाँ बराबरको १६ लाख ७४ कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको हो । सिटी होटलले शेयर निष्काशनको व्यवस्थापनका लागि ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।

त्यस्तै, कुथेली लघुविद्युतले, माया खोला जलविद्युत, भुगोल इनर्जी, मकर जितुमाया सुरी जलविद्युत, इन्गा जलविद्युत, शुभल पावर, सुपर मादी जलविद्युत, सानिमा मिडल तमोर जलद्यिुत, रवा इनर्जी विकास र अपर स्यान्गेले स्थानिय बासिन्दाको लागि आईपिओ निष्काशनको गर्न लागेको हो । यसका साथै टे«ड टावरले पनि ११ लाख ५८ हजार ९८० कित्ता शेयर निष्काशन गर्न लागेको छ । टावरले लक्ष्मि क्यापिटलले निष्काशन व्यवस्थापनको जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्