१८ श्रावण २०८३, सोमबार

पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ कुल परीक्षण गर्दा ३२४ जना संक्रमित देखिएको हो ।

तथ्यांकअनुसार १ हजार ६७३ पीसीआर परीक्षणमा १६३ र १ हजार ८४२ एन्टीजेन परीक्षणमा १६१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४१८ रहेको छ भने १ जनाको मृत्यु भएको छ ।

शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ रहेको छ ।