पिपुल्स पावरको आइपीओ बाँडफाँट आज, २ लाख २९ हजार आवेदक मालामाल - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पिपुल्स पावरको आइपीओ बाँडफाँट आज, २ लाख २९ हजार आवेदक मालामाल



काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आज (भदौ १२ गते) बाँडफाँट हुदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा आइतबार दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

उक्त आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्न आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आयोजना निर्माण गर्नको लागि कम्पनीको हालको अनुमानित लागत रू ९६ अर्ब ६ करोड रहेको छ भने प्रतिमेगावाट लागत क्षमता रू १९ करोड १६ लाख अनुमान गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८÷७९ मा प्रतिशेयर आम्दानी रू। शून्य दशमलव ४६ थियो भने प्रतिशेयर नेटवर्थ रू ९७ दशमलव ९७ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्