तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् पिपुल्स पावरको आईपीओ रिजल्ट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् पिपुल्स पावरको आईपीओ रिजल्ट



काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल कै आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँट गरिएको हो । आइपीओ बाँडफाँट भएसँगै अबको केही समयमा आइपीओको रिजल्ट हेर्न सकिनेछ ।

उक्त आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । जसमा २ लाख २९ हजार ४६६ जनाले १० कित्ता सेयर हात पाएका छन् भने २ जना भाग्यमानिले ११ कित्ता शेयर पाएका हुन । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली भएको छ ।

यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको थियो ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धक प्रभु क्यापिटल वेबसाइटः https://www.prabhucapital.com/

पिपुल्स पावरको वेबसाइटः http://peoplespower.com.np/  

मेरो शेयर : meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्