कुमारी बैंकको खुर्कोटमा शाखा
काठमाडौं । कुमारी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुली जिल्लाको खुर्कोट शाखा आजबाट संचालनमा ल्याएकोे छ । बैंकले सो क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो ।
विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि अझै स्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।












