आर्थिक अनियमितता गरेको भन्दैं केआइसिंह गाउँपालिकाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । सुदुरपश्चिम प्रदेशको डोटि जिल्ला केआइसिंह गाउँपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
पालिकाले विकास निर्माणका योजनामा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा उजुरी परेको हो । आर्थिक वर्ष २०७८÷०७९ का विभिन्न योजनामा आर्थिक अनियमितता उजुरीमा उल्लेख गरीएको छ । उक्त उजुरीमा छानबिन भइरहेको आयोले जनाएको छ ।
गाउँपालिका एक अधिकारीका अनुसार विकास निर्माण गरेका केही भवन गुणस्तरीय नभएको भन्दै अख्तियारबाट पत्र आएको र त्यसको जवाफ गाउँपालिकाले पठाउने तयारी गरी रहेको बताए ।













