१९ श्रावण २०८३, मंगलबार

पुरानो लाभांश बुझ्नका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा सेयरधनीलाई अनुरोध



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुनारो लाभाश लिन सेयरधनीहरुलाई अनुरोध गरेको छ । बैंकले एक सूचना निकाल्दै पाँच वर्ष पुरोना लाभांश बुझ्न बाँकी रहेका सेयरधनीहरुलाई यस्तो अनुरोध गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र साविक पूर्णिमा विकास बैंक समेतको सेयरधनीहरुले पुरानो नगद लाभांश लिन आउँदो असोज ३१ गते भित्र बैकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु, सेयर रजिष्ट्रार एनआईविएल एस क्यापिटलमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।
तोकिएको समयमा नगद लाभांश नलिएको खण्डमा नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने वा दावी नपरेको लाभांश खाता खोली रकमान्तर गरि राखिने बैकले जनाएको छ ।
नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको विवरण बैंकको वेभसाइटमा राखिएको सूचनामा उल्लेख छ ।