१९ श्रावण २०८३, मंगलबार

नेपाल ल्यूब आयलले कमायो ३ करोड २२ लाख नाफा



काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवमा कम्पनीले ३ करोड २२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवमो सोही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ७ लाख ८० हजार रुपैयाँ नाफा गरेको थियो ।

गत आवमा कम्पनीको संचालन नाफा १५.३५ प्रतिशतले वृद्धि भई ६ करोड ९१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको यो नाफा ५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, गत आवमा कम्पनीकोे आम्दानी १ अर्ब २४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम्पनीको यो आम्दानी २९.६५ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पुँजी ३ करोड ८७ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग २२ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।