१९ श्रावण २०८३, मंगलबार

एक महिनामा डेढ अर्बको २०६ केजी सुन आयात




काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा करिब डेढ अर्बको सुन आयात भएको छ ।

भन्सार विभागले प्रकाशित गरेको तथ्याङ्क अनुसार साउन महिनामा १ अर्ब ४८ करोड २७ लाख ४२ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको हो ।

नेपालमा युनाईटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट सुन आयात हुने गरेको छ । चालु आवको पहिलो महिनामा यी दुई देशबाट २०६ केजी सुन नेपाल भित्रिएको हो । सुन आयातबाट सरकारले १७ करोड ५१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

उक्त अवधिमा सबैभन्दा बढी सुन यूएईबाट आयात भएको छ । उक्त देशबााट १ अर्ब ११ करोड ८२ लाख २५ हजार रुपैयाँ बराबरको १५६ केजी सुन आयात भएको हो ।

यस्तै, टर्कीबाट भने ३६ करोड ४५ लाख १७ हजार रुपैयाँ बराबरको ५० केजी सुन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।