१९ श्रावण २०८३, मंगलबार

आधा दर्जन कम्पनीलाई भेञ्चर क्यापिटल संचालन गर्न बोर्डको अनुमति, को-को परे ?



काठमाडौं । आधा दर्जन कम्पनीले भेञ्चर क्यापिटल संचालन गर्नका लागि अनुमति भएका छन्।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई भेञ्चर क्यापिटल सञ्चालन गर्नका लागि अनुमति दिएको हो ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालका अनुसार भदौ १५ गते बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले थप ६ कम्पनीलाई भेञ्चर क्यापिटल संचालनका लागि अनुमति दिने निर्णय गरेको हो ।

बोर्डले नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईसी एशिया क्यापिटल, प्रभु, लक्ष्मी, एनआईबीए एस र एनएमबी क्यापिटललाई भेञ्चर क्यापिटल संचालनको अनुमति प्रदान गरेको ।

बोर्डले यसअघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई भेन्चर क्यापिटलको अनुमति दिइसकेको छ ।