सानिमा माई हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सानिमा माई हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?



काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको मुनाफाबाट चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आउँदो कात्तिक २ गते ११ वार्षिक साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्