प्रभु बैंकका ग्राहकलाई अत्तरीया हस्पिटलमा आकर्षक छुट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु बैंकका ग्राहकलाई अत्तरीया हस्पिटलमा आकर्षक छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र कैंलाली स्थितअत्तरीया हस्पिटल प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र अत्तरीया हस्पिटल प्रालिका तर्फबाटप्रबन्ध निर्देशक आनन्द पाठकद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेको हुन ।

प्रभु बैंक र उक्त हस्पिटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहकहरुलेअत्तरीया हस्पिटल प्रालिद्धारा सञ्चालित एक्स–रे, इ.सी.जी, इको, इन्डोस्कोपी, ओ.पी.डी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी,जेनरल सर्जरी, एन्.आइ.सी.यु, आइ.सी.यु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत र क्याबिन हस्पिटल एड्मिट शूल्कमा २० प्रतिशत, साथै ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत अत्तरीया हस्पिटल प्रालिमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,अत्तरीया हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्