आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज



काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज बस्दैछ । सभा लैनचौर बैङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीलाई हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान तथा नगद प्रवाह विवरण लगायत अन्य बित्तीय बिबरणमा छलफल गरी पारित गर्ने रहेको छ ।  

सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त तथा निजको  पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गर्ने छ  ।

Tags :

प्रतिक्रिया दिनुहोस्