बरुण हाइड्रोपावर कम्पनीको शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बरुण हाइड्रोपावर कम्पनीको शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको शेयरमा आवेदन दिने अन्तिम दिने सोमवार (कात्तिक २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौंमा बिक्री नभएको शेयर कात्तिक कात्तिक १४ गतेदेखि बिक्री खुला गरेको थियो ।

कम्पनीले ३ लाख ५५ हजार ६० कित्ता शेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघसंस्थाहरूले कात्तिक २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ ।

आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू पर्साको वीरगञ्ज, धनुषाको जनकपुर, चितवनको नारायणगढ, बाग्लुङको बाग्लुङ बजार, रूपन्देहीको बुटवल, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, झापाको बिर्तामोड, मकवानपुरको हेटौंडा, दाङको तुल्सीपुर, कञ्चनपुरको महेन्द्रनगर र मोरङको विराटनगर र कास्कीको पोखरास्थित क्षेत्रीय कार्यालयबाट बोलपत्र आवेदन र फारम बुझाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्